logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ईमेज अवार्डको २२ औं संस्करण असोज ३ मा

    ईमेज अवार्डको २२ औं संस्करण असोज ३ मा

    6.5K
    Shares

    काठमाडौं । ईमेज अवार्डको २२ औं संस्करण आगामी असोज ३ गते आयोजना हुने भएको छ । ईमेज च्यानलले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो । गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी १५ विधाका उत्कृष्ट पाँच मनोनयन समेत सार्वजनिक गरिएको छ ।

    यस वर्षदेखि नयाँ विधाका रुपमा नेपहप याप प्रस्तुती पनि प्रतिष्पर्धामा समावेश गरिएको आयोजकले जनाएको छ । कोभिडका कारण विगत दुई वर्ष अवार्ड कार्यक्रम गर्न सम्भव नभएपछि सो अवधिलाई समेत समावेश गरेर वि.सं २०७६ साल असार १ गतेदेखि वि.सं. २०७९ साल जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली गीत, संगीत, रचना र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको जनाएको छ ।

    यसपटक भने पब्लिक च्वाईस अवार्डको एक विधाका लागि अनलाइन भोटिङ  खुला गरिएको छ । यस विधामा सर्वाधिक भोट पाउने गीत र त्यसका श्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने आयोजकको भनाइ छ । ईमेज लाइफटाइम अचिभमेण्ट अवार्डबाट यस वर्ष वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गर्न लागेको ईमेज च्यानल प्रमुख कार्यकारी कार्यकारी डा.। महेन्द्र बिष्टले बताए ।

    च्यानलले नेपाली गीत, संगीत क्षेत्रको उत्थानका लागि समर्पित संगीतकर्मीको सम्मान एवं प्रोत्साहन हेतु अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend