logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • थपिए १७३ जना नयाँ कोरोना संक्रमित

    थपिए १७३ जना नयाँ कोरोना संक्रमित

    10.3K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा १७३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३÷३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २÷२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend