logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार कर्मचारीको पक्षमा छः ऊर्जामन्त्री भुसाल

    सरकार कर्मचारीको पक्षमा छः ऊर्जामन्त्री भुसाल

    6.2K
    Shares
    सरकार कर्मचारीको पक्षमा छः ऊर्जामन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छन् । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन् ।

    राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा माओवादी केन्द्र कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहनुभएका मन्त्री भुसालले भनिन्, “सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको असर र रुस–युक्रेन युद्धको अवसरका वाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।” उनले कर्मचारीमैत्री सङ्घीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

    कोभिड–१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्र्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन्, “यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन भएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।”

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्नमा कर्मचारीको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले परिर्वतनको पक्षमा निरन्तर वकालत गर्न र गणतन्त्रको संस्थागत गर्न कर्मचारीले आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिइन् । उनले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी जनतालाई गुणस्तरीय सेवा दिन आग्रहसमेत गरिन् ।

    अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र राष्ट्रिय स्वस्थ्यकर्मी सङ्गठनबीच गत वैशाखमा एकीकरण भएको हो । सो कार्यक्रमका कर्मचारीका नेताहरूले श्रमजीवी कर्मचारीको श्रमको सम्मान नभएको र सङ्घीय निजामति ऐन कर्मचारीमैत्री ल्याउनुपर्ने माग गरेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend