logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एनएमबि बैंकले भित्रायो २ करोड ५० लाख डलरको आवधिक कर्जा

    एनएमबि बैंकले भित्रायो २ करोड ५० लाख डलरको आवधिक कर्जा

    6.8K
    Shares

    काठमाडौँ । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (BII) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्राउने सम्झौता गरेको छ । यो सगँ एनएमबि बैंक BII बाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक बनेको छ ।

    आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने विश्वास बै.कले लिएको छ ।

    एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनिल केसी ले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

    एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend