काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी रत्नपार्कको अण्डरपास (सब वे) माथि बनाईएका अवैध संरचना भत्काउन सुरु गरेको छ । भोटाहिटी र रत्नपार्क जोड्ने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
सब वे माथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको उनले बताए ।