logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रीहरुसँग स्थानीयको आक्रोशः मन्त्रीज्यू आश देखाएरै निराश नबनाउनूस्

    मन्त्रीहरुसँग स्थानीयको आक्रोशः मन्त्रीज्यू आश देखाएरै निराश नबनाउनूस्

    5.3K
    Shares
    मन्त्रीहरुसँग स्थानीयको आक्रोशः मन्त्रीज्यू आश देखाएरै निराश नबनाउनूस्

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् । आईतवार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङल्हामु सडकखण्डअन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन् ।

    शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले ४ ठेक्का पाएको ४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका लागि सम्बन्धित स्थानमा पुग्नुभएका मन्त्री द्वय राई र श्रेष्ठले अबको ४ महिनामा सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाए ।

    अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखेर अब काम शुरु गर्ने बताए । उनले आम जनताको माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसावले काम भइरहेको बताए । उनले ठेक्का पाएको कम्पनीले ४ महिनाभित्र काम सकिसक्नुपर्ने बताए । उनले स्थानीयवासीका समस्या समाधान हुन अब समय नलाग्ने भन्दै ४ महिनामा नै सडक निर्माण भइसक्ने भएकोले ढुक्क हुन स्थानीयसँग आग्रह गरे ।

    उनले भने, ‘काठमाडौं उपत्यका भरको फोहोर व्यवस्थापन केन्द्र सिसडोल र अहिले बञ्चरे डाँडा लैजान पहल भयो । ८ वर्ष पहिला वहुचर्चित ठेकेदारले राजनीतिक आवरणमा काम सम्पन्न नगरेको नेताहरुको पक्षपोषणमा देशभरकै ठेकेदारहरु काम नगर्ने पैसा लिने राजनीतिक दल र त्यसका प्रमुख नेताहरु नै आरोपित हुने अवस्था थियो । हामीले ती कम्पनी र ठेकेदारसँगको ठेक्का तोड्यौँ र तीन वर्षका लागि कालो सूचीमा राखेका छौँ । अहिले यहाँका आम जनताको माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसावले मन्त्रीपरिषद्बाट अनुमति लिएर सोही समयमा सम्पन्न गर्ने र ४ महिनामा सक्ने गरेर आह्वान गरेका छौँ । काम सम्पन्न हुन्छ, तपाईहरु ढुक्क हुनुहोस् ।’

    त्यस्तै सामान्य प्रशासनमन्त्री श्रेष्ठले विगतका सरकारले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताए । उनले अब भने फास्ट ट्रयाकबाट काम अघि बढाउने बताए । उने ४ महिनामा नै सबै काम सकिने गरेर ठेक्का प्रक्रिया आह्वान गरिएकोले काम समयमा नै सकिने प्रतिवद्धता जनाए । उनले ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहीत गर्न समयमा नै काम नसके क्षतिपूर्ति दिनुपर्ने नयाँ प्रक्रियागत व्यवस्थाको थालनी गरिएको बताए ।

    उनले भने, ‘यो योजनालाई व्यवस्थित रुपमा विगतका सरकारले अघि बढाउन सकेन । बाटो नबन्दा धेरै समस्या सिर्जना भए । अब चाँडै नै समस्या समाधान हुनेछ । हामी यसलाई फास्ट ट्रयाकबाट अघि बढाउँदैछौँ । ४ महिनामा नै सबै काम सकिनेछ । ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहीत गर्न नयाँ प्रक्रिया थालेका छौँ ।’

    त्यस्तै सिसडोलका स्थानीयवासीहरु भने निरीक्षणका लागि पुगेका मन्त्रीहरुसँग रुष्ट देखिए । उनीहरुले सबै मन्त्रीहरु निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न आग्रह गरे । स्थानीयहरुले सडक निर्माण नभएकै कारण विद्यार्थीहरुले पढ्न नपाएको र जागिर खानेहरुले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुःखेसो पोखे ।

    स्थानीयहरु ८ किलोमिटर भन्दा लामो रुटमा समेत कुनैपनि सार्वजनिक यातायात नराखेको भन्दै मन्त्रीहरुसँग ओक्रोशित बने । मड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे । आशा देखाउनकै लागि अवलोकन गर्न पुगेको हो भने आशा देखाएर नै निराश नबनाइदिन उनीहरुको माग छ ।ख

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend