logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छः माधव नेपाल

    देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छः माधव नेपाल

    6.7K
    Shares
    देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्छः माधव नेपाल

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । आईतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रिय कमिटीको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन्।

    उनले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने बताए । उनले सबै नागरिकहरुलाई सिपको तालिम दिनुपर्ने पनि बताए । अध्यक्ष नेपालले अनुशासित र मेहनती नागरिक भएका देशहरु मात्रै विकासमा अगाडी बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताए ।

    उनले भने – ‘ति देशहरु मात्रै विकासमा अगाडी बढेको पाउनुहुन्छ । जहाँका नागरिकहरु अत्यन्तै अनुशासित छन् । जहाँका नागरिकहरु अत्यन्तै मेहनती छन् । जहाँका नागरिकहरु आफ्नो देशलाई माया गर्दछन् । जहाँका नागरिकहरु ज्ञान, बुद्धि, विवेकले भरिपूर्ण हुन्छन् । जहाँका नागरिकहरु सबै क्षेत्रमा उत्कृष्ट हुन्छन् । त्यही देशले प्रगती गरेको तपाई पाउनुहुन्छ । नेपाल देशलाई पनि प्रगतीको बाटोमा लिएर जानुछ भने नेपाल देशलाई पनि गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्नुछ भने हामीले असल नागरिक उत्पादन गर्नुपर्छ । त्यसको निम्ति शिक्षा प्रणाली ठिक हुनुपर्छ ।

    यो शिक्षा प्रणाली ठिक गर्नका लागि हाम्रो शिक्षा प्रणालीमा के–के कमजोरीहरु छन् ? अहिलेको व्यवहारलाई निर्देशित गर्ने शिक्षा प्रणाली छ कि छैन ? पढाइ, पढाइको निम्ति हो कि पढाइ समाजको परिवर्तनको निम्ति हो ? या उत्पादनमा वृद्धि गर्नका निम्ति हो ? देशको विकास गर्नका निम्ति हो ? ज्ञान र बुद्धिको सदुपयोग गर्नका निम्ति हो ? भन्ने कुरामा हामीले प्रष्ट भएर तदनुरुपको शिक्षा नीति अवलम्वन गर्नुपर्छ । सबै नागरिकहरुलाई हामीले सिपको तालिम दिनुपर्छ । यस अर्थमा हामी प्राविधिक र व्यवसायिक शिक्षालाई पनि धेरै जोड दिन चाहन्छौँ । महत्व दिन चाहन्छौँ ।’

    उनले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरुमा बिस्तार गर्न अनुरोध गरे । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend