logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

    6.4K
    Shares
    कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

     

    सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

    उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

    उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिएका हुन् । माओवादीले मन्त्री विष्ट र सिंहको ठाउँमा दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend