बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आगामी चुनावमा माओवादीलाई वामपन्थीभित्रको पहिलो शक्ति बनाउने गरी लागौंः अध्यक्ष प्रचण्ड

आगामी चुनावमा माओवादीलाई वामपन्थीभित्रको पहिलो शक्ति बनाउने गरी लागौंः अध्यक्ष प्रचण्ड

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा माओवादीलाई वामपन्थी भित्रको पहिलो शक्ति बनाउनेगरी लाग्न निर्देशन दिएका छन् । बागमती प्रदेशका पदाधिकारीसहित केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावबाट संसदको दोस्रो शक्ति बन्ने प्रवल सम्भावना भएकाले चुनावमा केन्द्रीत हुन निर्देशन दिए ।

‘हामी यो चुनाव काँग्रेससँगै गठबन्धन गरेर जानुपर्छ । त्यसबाट दायाँबायाँ हुने अवस्था छैन । काँग्रेसले धोका दिएमा गठबन्धनभित्रै वामपन्थी मिलेर भएपनि तालमेल हुन्छ’ प्रचण्डको भनाई उदृत गर्दै प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने, ‘हामी यो चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति हुने सम्भावना छ । त्यसरी चुनावमा केन्द्रीत भई लाग्नुस् ।’ काँग्रेस सहितको गठबन्धन बनाएर गएमा माओवादी संसदको दोस्रो शक्ति हुन कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend