काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी–२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ ।
केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९।३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी(२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।