logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीमा सत्य निरुपण सम्बन्धी विधेयक

    प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीमा सत्य निरुपण सम्बन्धी विधेयक

    5.6K
    Shares
    प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीमा सत्य निरुपण सम्बन्धी विधेयक

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बस्दै छ । बैठकमा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक(२०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ ।

    बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन समितिकी सभापति निरुदेवी जैरुले पेस गर्ने कार्यसूची पनि छ ।

    साथै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको व्यहोरा जानकारी पनि गराउने छन् । सिरहा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको यही भदौ ४ गते निधन भएपछि उनको स्थान हाल रिक्त भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend