logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रभु बैंक र सर्लाहीको लिलावती हस्पिटलबीच सेवामा छुट दिने सम्बन्धी सम्झौता

    प्रभु बैंक र सर्लाहीको लिलावती हस्पिटलबीच सेवामा छुट दिने सम्बन्धी सम्झौता

    13K
    Shares

    काठमाडौं । प्रभु बैंक लिमिटेड र सर्लाही स्थित लिलावती हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहद्घारा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सेवाग्राहीले लिलावती हस्पिटलमा ल्याब, एक्स रे, अल्ट्रा साउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतका साथै आइ.पी.डी (बेड चार्ज), एन्.आइ.सी.यु सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

    उतm सम्झौता अन्तर्गत लिलावती हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका सेवाग्राहीले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लिलावती हस्पिटलका सो सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताले सेवाग्राहीलाई लाभ मिल्ने विश्वास बैंकको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend