logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महिला नेतृहरुलाई नेतृत्वले कम आँक्न हुदैन, महिलाहरू घर मात्र हैन, देश चलाउन पनि सक्षम छन्ः डिला संग्रौला

    महिला नेतृहरुलाई नेतृत्वले कम आँक्न हुदैन, महिलाहरू घर मात्र हैन, देश चलाउन पनि सक्षम छन्ः डिला संग्रौला

    9.8K
    Shares
    महिला नेतृहरुलाई नेतृत्वले कम आँक्न हुदैन, महिलाहरू घर मात्र हैन, देश चलाउन पनि सक्षम छन्ः डिला संग्रौला

     

    कठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले राजनीतिक दलका नेतृत्वहरूले महिलालाई कम आँक्न नहुने बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिला नेतृहरुलाई नेतृत्वले कम आँक्न नहुने बताएकी हुन्।

    २१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेका जिकिर गर्दै संग्रौलाले महिला घर चलाउन मात्रै नभएर देश चलाउन पनि सक्षम रहेकोमा जोड दिइन्।

    ‘२१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर छन्। घर चलाउन मात्रै हैन, देश चलाउन पनि सक्षम छन्,’ उनले भनिन्, ‘तर, नेतृत्वले उनीहरुलाई कम आँक्नु भएन।’

    संग्रौलाले आशन्न संघीय तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई प्रतिष्पर्धा गर्ने अवसर दिन पनि राजनीतिक दलका नेतृत्वहरुलाई आग्रह गरिन्।

    उनले भनिन् ‘आउँदो मंगसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको निर्वाचनमा बढीभन्दा बढी महिलाहरुलाई प्रत्यक्ष तर्फ चुनाव लड्न अवसर प्रदान गर्न सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछु,’।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend