logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरका मेयर बालेनको डोजर कारबाहीको सकारात्मक असर अन्य पालिकामा पनि

    काठमाडौं महानगरका मेयर बालेनको डोजर कारबाहीको सकारात्मक असर अन्य पालिकामा पनि

    17.2K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न सुरु भएको छ । काठमाडौंका सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना तथा महानगरद्वारा तोकिएको मापदण्ड विपरीतका निजी निर्माणहरूमा डोजर लगाएर कारबाही थालेसँगै यसको देशव्यापी सकारात्मक असर देखिन थालेको हो ।

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरु हटाउन भनेको छ । मध्यपुर थिमि नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु, भित्री सडकहरुमा मापदण्ड विपरीत निर्माण भएका र अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

    पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन भने पनि सम्बन्धितले अटेर गर्दै आएका थिए । काठमाडौं महानगरमा बालेनले सपिङ मल लगायतले नक्सा विपरीत बनाएका अनधिकृत संरचना हटाउन सुरु गरेपछि पोखराले दोस्रो पटक सूचना जारी गरेको हो ।

    सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन धनगढी उपमहानगरपालिका कार्यालयले निर्देशन दिइसकेको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि अनधिकृत निर्माण गरेका संरचना खाली गर्न सूचना निकालिसकेको छ । कतिपय नेताहरुले बालेनले निजी सम्पत्तिमा जबर्जस्ती गरेको भन्दै आपत्ति र चुनौती दिन थालेका भए पनि आम रुपमा यसले प्रभावकारी असर पारेको देखिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend