logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयोजनाबाट जनताले लाभ लिन सकुन,दुःख पाउनु भएन : मन्त्री चौधरी

    आयोजनाबाट जनताले लाभ लिन सकुन,दुःख पाउनु भएन : मन्त्री चौधरी

    11.6K
    Shares

    काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने बताएका छन् । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजनाहरू जनताको मनोविज्ञान बुझेर सञ्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।’

    आयोजनाको योजना बुन्दा जनताको लाभ हेर्नुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न पनि आग्रह गरे । कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend