logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • शो बाँडफाँटमा अन्याय भयो भन्दै चलचित्र ‘राधा’ ले प्रदर्शन रोक्यो

    शो बाँडफाँटमा अन्याय भयो भन्दै चलचित्र ‘राधा’ ले प्रदर्शन रोक्यो

    7.1K
    Shares

    काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिएका हुन् । ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्मात्री देवकी विष्टले भनिन्, ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं ।’

    तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि उनले लगाइन् । आफूहरुले प्रिमियरमा उपस्थित भएर प्रतिस्पर्धी फिल्म ‘प्रकाश’लाई सहयोग गरेजसरी सहयोग नपाइएको गुनासो पनि उनले गरिन् । ‘हामी उहाँहरुको प्रिमियरमा पुगेर प्रचारमा सघाएका थियौं, तर निम्तो दिंदा पनि उहाँहरु प्रिमियरमा आउनुभएन,’ उनले भनिन् ।

    सुवर्ण थापा निर्देशित फिल्म राधाले क्रिटिक्सबाट राम्रो समीक्षा पाए पनि अपेक्षित शो पाउन सकेको छैन । सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको यो फिल्मले हराएका पतिको खोजी गर्न एकल आमाले गरेको संघर्षको कथा पेश गर्छ । रिलिजको केही दिनमा ‘प्रकाश’ले पनि शोजमा विभेद गरिएको भन्दै आकस्मिक पत्रकार सम्मेलन गरेको थियो ।

    त्यसलगत्तै क्यूएफएक्स लगायतका हलले शोमा दोब्बर वृद्धि गरेका थिए । अभिनेता प्रदीप खड्का त झन आक्रामक रुपमा लागेका थिए । तर आफू निर्माता रहेको फिल्म राधालाई लिएर अभिनेता समेत रहेका सौगात मल्ल चाहिं मौन र शान्त देखिन्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend