logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तिब्बतमा लकडाउनका कारण नेपाल भित्रिन पाएनन् मालबाहक ट्रक

    तिब्बतमा लकडाउनका कारण नेपाल भित्रिन पाएनन् मालबाहक ट्रक

    5.6K
    Shares

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चिनको तिब्बत प्रशासनले लकडाउन थप गरेपछि नेपाल भित्रिने मालबाहक ट्रक गोदाममा थन्किएका छन् । १८ भदौ अर्थात ३ सेप्टेम्बरसम्मका लागि लकडाउन थपिएको स्थानीय प्रशासनको सूचना उदृत गर्दै नेपाली व्यापारीहरुले बताएका छन् ।

    कोरोना संक्रमण बढेपछि लकडाउन थपिएको जानकारी आएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए । यससँगै नेपालतर्फ हिंडेका माल वस्तु बोकेको कन्टेनरहरुको सामान सुरक्षित भण्डारण गरिएको पनि उनले बताए । ‘लकडाउन ३ तारिखसम्मका लागि थप भएको सूचना आएको छ । नेपाल हिंडेका सामान तत्काल नेपाल आउन नसक्ने भएपछि व्यवस्थित गोदाममा भण्डारणका लागि पठाइएको छ ।’ शेर्पाले भने ।

    उनका अनुसार नेपालका लागि हिंडेका एक सय हाराहारी माल वस्तु बोकेका कन्टेनरका समान सुरक्षित भण्डारण गरिएको छ । तिब्बत प्रशासनले ल्हासास्थित वातानुकूलित कोल्ड स्टोरमा नेपाली माल वस्तु सुरक्षित भण्डारण गरेको शेर्पाले जानकारी दिए । तिब्बत प्रशासनले उच्च निगरानीसहित कोरोना परीक्षण र उपचारमा काम गरिरहेका कारण अन्य सम्पूर्ण सेवा ठप्प रहेको भोटेकोशी चेम्बर अफ कमर्शले जनाएको छ ।

    चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले कोरोना महामारी बढेको भन्दै २१ साउन अर्थात ६ अगष्ट देखि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गरिरहेको छ । कोरोनाकै कारण चीनले नेपालतर्फका दुई प्रमुख व्यापारिक स्थलमार्ग २१ साउनदेखि रसुवागढी र २५ साउनदेखि तातोपानी नाका सिल गरेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend