logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • चेम्बरद्धारा ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह

    चेम्बरद्धारा ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह

    6.3K
    Shares
    चेम्बरद्धारा ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ब्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

    दक्षिण कोरीयाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकु¥याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरीयाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे । नेपालमा लगानीसंगै कोरीयाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । इपीएस मार्फत कोरीयामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाईदा लिन सक्ने बताए ।

    उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्र्तगत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भिरमह लगायतको माग कोरीयामा बढ्दो छ, ।’ कोरीयाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकु¥यालको ध्यानाकर्षण गराए ।

    भेटवार्तामा राजदूत प्याकु¥यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवृद्धन र दुइ पक्षीय ब्यापार नै पहिलो प्राथमिकता रहेको बताईन । उनले भनिन, ‘एसियाको महत्वपुर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरीयाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ । ’

    यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसंग पनि चेम्बर भवनमा भेटबार्ता गरेको छ । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षीय ब्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसंग आग्रह गरे । सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल बार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसंग आग्रह गरे ।

    जवाफमा राजदूत म्याक्सिएनले नेपालसंग उच्चस्तरीय आर्थिक सम्वन्ध बिस्तार गर्न आफु प्रतिवद्ध रहेको बताए । यसका लागि आफुले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाई छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend