logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • व्यापार प्रर्वद्धन र नेपालमा लगानी भित्राउन राजदुतहरुलाई चेम्बरको आग्रह

    व्यापार प्रर्वद्धन र नेपालमा लगानी भित्राउन राजदुतहरुलाई चेम्बरको आग्रह

    5.8K
    Shares

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा.ज्योति प्याकरेल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरे ।

    नेपालमा लगानीसंगै कोरियाको उच्चस्तरीय प्रविधि भित्राउनका लागि समेत पहल गर्नुपर्ने उनले बताए । इपीएस मार्फत कोरियामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाईदा लिन सक्ने बताए । ‘नेपाल हाउसको अवधारणा अन्र्तगत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पश्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भिरमह लगायतको माग कोरियामा बढ्दो छ, ।’ उनले भने ।

    कोरियाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापना गर्न पहल गर्न अध्यक्ष मल्लले राजदूत डा.प्याकुरेलको ध्यानाकर्षण गराए । भेटवार्तामा राजदूत प्याकुरेलेले आफ्नो कार्यकालमा लगानी प्रवृद्धन र दुइ पक्षिय व्यापार नै पहिलो प्राथमिकता रहेको बताईन ।

    चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसंग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षिय व्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसंग आग्रह गरे ।

    सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो संख्या अझै वृद्धि गर्न सहयोग गर्न अनुरोध गरे । जवाफमा राजदूत म्याक्सिएनले नेपालसंग उच्चस्तरीय आर्थिक सम्वन्ध विस्तार गर्न आफु प्रतिवद्ध रहेको बताए । यसका लागि आफुले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाई छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend