काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमतिपछि सिट बाँडफाँटको छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले त्यसबारे पार्टीको धारणा तय गर्न शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ९ बजे बैठक बस्न लागेको हो । देउवाले सिट बाँडफाँटका विषयमा पार्टीको धारणा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएको हो ।