आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

ग्लोबल आईएमई बैंकमा अबदेखि अनलाइनबाटै एलसी र बैंक ग्यारेन्टी

ग्लोबल आईएमई बैंकमा अबदेखि अनलाइनबाटै एलसी र बैंक ग्यारेन्टी

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) र बैंक ग्यारेन्टी जारी गर्ने सेवा शूरु गरेको छ ।

अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) र बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको जनाएको हो ।

यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइन मार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरीे सहुलियत अनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्ने छन् ।

यो सेवा सुरु भएसँगै ग्राहकहरू प्रतीतपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ । ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास बैंकले लिएको छ ।

२०७९ भदौ महिनाबाट लागू भएको यो प्रणालीमा कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend