logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्छः माधव नेपाल

    नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्छः माधव नेपाल

    8.9K
    Shares
    नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्छः माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
    बुधवार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ती सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताए । सो संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उनले बताए । अध्यक्ष नेपालले गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्ने पनि बताए । उनले नेपालमा विभिन्न जातजाति र भाषाहरु रहेको भन्दै तिनलाई जनाउने जातिय संग्रहालय पनि बनाउनुपर्ने बताए । उनले हिन्दु धर्मको पनि खुला संग्रहालय खोल्नुपर्ने बताए ।

    अध्यक्ष नेपालले भने – ‘नारायणहिटी संग्रहालयलाई हामीले एउटा ग्रयान्ड संग्रहालयको रुपमा विकास गर्नुपर्छ । त्यो ग्रयान्ड संग्रहालयको रुपमा नेपालको इतिहासको शुरुदेखि लिएर नेपालको आजसम्मको इतिहासको खासगरी राजतन्त्रको समाप्ती भएसम्मको कालको जम्मै चिजहरु त्यहाँ देख्न पाइयोस् । चाहे विभिन्न राजा, महाराजाहरुको वंशको शासन होस् । किराँत वंश, लिच्छवि वंश, महेशपाल वंश, सेन वंश सबै शासनकालका जम्मै झलकहरु देखिने गरी कसरी उनीहरुले शासन सञ्चालन गरे ? त्यतिबेलाको अवस्था कस्तो थियो ? त्यो हेर्नका लागि विदेशीहरु आउन् । त्यस्तो बनाउँ न त हामीले नारायणहिटी म्युजियमलाई । बाहिरका कुनैपनि संरचना रहन नदिउँ । गणतन्त्रको म्युजियम छुट्टै बनाऔँ । जातिय संग्रहायल बनाऔँ । अब एउटा हिन्दु धर्मको पनि संग्रहालय खोल्नुपर्छ खुल्ला संग्रहालय भन्ने मलाई लागेको छ । खुला संग्रहायल कस्तो हुनुपर्दछ भने महादेव, देवीहरुको जति स्वरुपहरु ति सबै स्वरुपहरु राख्ने । के कारणले प्रसिद्ध, ऐतिहासिक छ ? यो भनेर नेपालीहरु र विदेशीहरुलाई पनि आकर्षित गर्न सकिन्छ । देवीदेवताको एउटै साझा थलोमा हामी जम्मैको प्रतिमूर्ति बनाउन सक्दछौँ । प्रतिमूर्ति बनाएर आकर्षणको थलो बनाउन सक्दछौँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend