logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विकास निर्माणको काममा अदालतले अवरोध गर्यो, अदालत विकासप्रेमी हुनुपर्छः माधव नेपाल

    विकास निर्माणको काममा अदालतले अवरोध गर्यो, अदालत विकासप्रेमी हुनुपर्छः माधव नेपाल

    6.8K
    Shares
    विकास निर्माणको काममा अदालतले अवरोध गर्यो, अदालत विकासप्रेमी हुनुपर्छः माधव नेपाल

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताए । बुधवार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उने उल्लेख गरे । उनले अदालत विकासप्रेमी हुनुपर्ने बतए । उनले भने– ‘एउटाले कहाँ समस्या खडा गर्दिन्छ । अर्कोले कहाँ समस्या खडा गर्दिन्छ । ठ्याक्क जान्छ अदालत अदालतले ठ्याक्क रोकिदिन्छ । अनि सरकार निरिह भएर बसेको हुन्छ । अदालत विकासप्रेमी हुनुपर्दछ । निजगढ विमानस्थलको कुनै विकल्प छैन । लुम्बिनी, पोखरा होइन । निजगढमा बनाउन नदिनका लागि षड्यन्त्र किन भइरहेको छ ? मैले त्यो बेलामा के कोसिस गरेको थिए भने अरु ठाउँमा नबनाउने, निजगढमै बनाउने । बीचबाट फाइल छिर्दो रहेछ कहाँ कहाँ हो । सरकारको कुरा त थाहै नपाइँदो रहेछ । थाहा छैन भन्दोरहेछ ब्यूरोकेसी । कहाँ कहाँबाट के के सेटिङमा चल्दो रहेछ । अब पो थाहा पाउन थालियो ।’

    अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताए । उजले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

    याे पनि:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend