logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनायो : पर्यटनमन्त्री श्रेष्ठ

    एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनायो : पर्यटनमन्त्री श्रेष्ठ

    11.2K
    Shares

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल एयरलाइन्सको अध्यक्षले संस्थालाई तहसनहस बनाएको आरोप लगाएका छन् । बुधवार नेकपा एकीकृत समाजवादी केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले एयरलाइन्सले सबै आन्तरिक तथा वाह्य जहाजहरुलाई उडान गर्न नसकेको बताए । । एयरलाइन्सको अध्यक्षले जहाजको इञ्जिन बिग्रियो भनेर इञ्जिन भाडामा ल्याउन मात्र रहर गरेको र इञ्जिन मर्मतमा ध्यान नदिएको उनको भनाई छ । जहाजको टिकटलाई अनलाइन प्रणालीमा लैजान आफूले निर्देशन दिएको भएपनि एयरलाइन्सले हालसम्म टिकटलाई अनलाइन प्रणालीमा नलगेको उनले स्पष्ट पारे ।

    मन्त्री श्रेष्ठले एयरलाइन्सले मन्त्रालयसँग कुनैपनि समन्वय नगरेको भन्दै यसरी संस्था चलाएमा एयरलाइन्स समाप्त हुने चेतावनी समेत दिए । मन्त्री श्रेष्ठले नेपाललाई बाह्रै महिना पर्यटकीय देशको रुपमा प्रचार गर्नुपर्ने बताए । उनले सबैले मार्च, अप्रिल, सेप्टेम्बर र अक्टोबरमा मात्र नेपाल घुम्न सकिने भनेर प्रचार गर्ने गरिएको भन्दै अबदेखि १२ महिना नै घुम्न सकिने देशको रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।

    मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि पनि ध्यान दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend