
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित न्यू ऐरा रेस्टुरेन्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख श्री पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर श्री लक्ष्मण गिरीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त रेस्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले न्यू ऐरा रेस्टुरेन्टद्धारा सञ्चालित “फुड” ,“वेभरेज” र ब्याङ्गकेट सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत न्यू ऐरा रेस्टुरेन्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्यू ऐरा रेस्टुरेन्टका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend