logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा सम्पती शुद्धिकरण जोखिम धेरै छ, सरकारले नियन्त्रण गर्न जरुरी छ : गभर्नर अधिकारी

    नेपालमा सम्पती शुद्धिकरण जोखिम धेरै छ, सरकारले नियन्त्रण गर्न जरुरी छ : गभर्नर अधिकारी

    13.2K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती शुद्धिकरण वित्तीय अपराध सम्बन्धि जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पती शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

    उनले मुलुकमा सम्पती शुद्धिकरण सम्बन्धि जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए । गभर्नर अधिकारीले सम्पती शुद्धिकरणको समस्या क्षणिक नभएर दीर्घकालिन रुपमा सरकारले निराकरण गर्नुपर्ने बताए । उनले सम्पती शुद्धिकरणमा अन्तर्राष्ट्रिय रुपमा कालोसूचीमा पर्दा गम्भिर समस्या आउनसक्ने बताए ।

    उनले सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेको स्मरण गरे । गभर्नर अधिकारीले अन्तराष्ट्रिय मुलुकहरुसँग सहकार्य र समन्वयन गर्नको लागि सम्पती शुद्धिकरणमा नेपालले आफ्नो सम्पूर्ण तयारी पूरा गर्नुपर्ने बताए । उनले नेपाल भ्रष्टाचारले गाँजेको र अवैध कमाई गर्नेहरुको शेयर भ्वाइसमाथि हुने गरेको भन्दै नेपाल सम्पती शुद्धिकरणमा कमजोर रहेको बताए । गभर्नर अधिकारीले नेपाल भ्रष्टाचार र
    हुण्डी कारोबारको जोखिममा रहेको जिकिर गरे ।

    जसले यसले गर्दा अन्तराष्ट्रिय मूल्याङ्कनमा कम नम्बर आएपनि सरकारी पक्षले राम्रो काम गरिरहेको बताए । गभर्नर अधिकारीले राष्ट्र बैंकले सम्पती शुद्धिकरणको विषयमा निजी क्षेत्रसँग पनि नजिकमा रहेर काम गर्न चाहेको बताए । उनले निजी क्षेत्रले बनाएरको प्लेटफर्म प्रयोग गरेर सबैलाई हुने साझा धारणा बनाउन नसकिएको बताए । गभर्नर अधिकारीले राष्ट्रिय परिचय पत्रको अवधारणले सम्पती शुद्धिकरणको काम गर्न अझ सजिलो हुने देखिएको बताए ।

    उनले डिजिटल कारोबारमा कोभिड अगाडि र पछाडि आकाश जमिनको फरक देखिएको बताए । ्गभर्नर अधिकारीले असार एक महिनामा ४२ लाख वटा कारोबारमा १५ अर्बको बराबरको क्युआर कोडमार्फत मात्रै कारोबार भएको बताए । उनले कनेक्ट आइपिएस ,आइपिएस डिजिटल पेमेन्ट,वालेट र मोबाइल बैंकिङको कारोबार व्यापक भएको बताए ।

    गभर्नर अधिकारीले गत कात्तिक महिनाको १ गते ७ सय २८ अर्बको कारोबार रहेकोमा त्यो कारोबार ६ सय १० अर्ब मात्रै रहेको बताए । उनले कात्तिकदेखि भदौ सम्ममा १२८ अर्ब क्यास कारोबार घटेको बताए । उनले क्युआर,मोवाइल बैंकिङ कारोबार बढ्नु डिजिटलाइजेसनको प्रभाव भएको बताए । गभर्नर अधिकारीले नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको बताए । उनले डिजिटल कारोबारमा ठूलो फड्को मारे पनि जोखिम ने धेरै रहेको
    स्वीकार गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend