logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जबराले आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेः प्रमोद साह

    जबराले आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेः प्रमोद साह

    7.9K
    Shares
    जबराले आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेः प्रमोद साह

     

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए । उनले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाअभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राखेको पनि बताए ।

    उनले भने, ‘हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरु पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले लिएका व्यक्तिहरुसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन । उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो । बयानमा उहाँले भन्नुभएको थियो तरपनि मैले न्यायपालिकाको नीति र सिद्धान्तलाई आधार मानेर मैले गलत गर्न चाहिन । त्यसैले यस्ता कुराहरु मप्रति महाअभियोग आयो । अदालतकै श्रीमानहरुको नाम लिनुभएको छ । मैले ९९ प्रतिशत न्यायपालिकाका न्याायधीश तपाईको बिरुद्धमा गए यसको कारण के थियो भन्ने प्रश्न गरेँ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend