logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छः रेखा शर्मा

    महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छः रेखा शर्मा

    8.3K
    Shares
    महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छः रेखा शर्मा

    काठमाडौं । बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धाराणा राखिन् । उनले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताउनु भयो । सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताइन् ।

    उनले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशहरुमाथि प्रश्न उठाउनुभएको पनि बताइन् । उनले भनिन्, ‘महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छ । हचुवाको भरमा गर्ने कुरा रहँदैन । आजको बैठकले समय अलि लाग्छ भन्ने नै देखियो । हामी समितिमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्नेछौँ । उहाँले राजनीतिक दल मात्रै होइन, नेपाल बार एशोसिएशन, पूर्व प्रधानन्यायाधीश सबैप्रति प्रश्न उठाउनुभएको छ । उहाँले सबै एकातिर हुँदा म एक्लो वृहस्पिति भएँ भन्ने कुरा गर्नुभयो ।’

    प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाई गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीवार ११ बजे बस्नेछ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend