logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विपत न्युनिकरण गर्न राज्यले दिएको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

    विपत न्युनिकरण गर्न राज्यले दिएको रकम शतप्रतिशत सदुपयोग गर्न गृहमन्त्रीको निर्देशन

    10.8K
    Shares

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।शुक्रवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्न निर्देशन दिएका हुन् ।

    उनले सरकारले विपद् जोखिम न्युनिकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताए । मन्त्री खाँणले विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणलाई पनि
    सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताए ।

    उनले विपद् व्यवस्थापन कोषमा भएको रकम विपद्को समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गरे । उनले स्थानीय तहमा विपद् जोखिम न्युनिकरणका लागि पठाएको रकम विपद् व्यवस्थापनामा नै खर्च गर्नुपर्ने बताए । मन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भिरतापूर्वक कार्यान्वयन गर्ने पनि निर्देशन दिए ।

    गृहमन्त्री खाँणले यो वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताए । उनले विपद् प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भएपनि स्थानीय तह र स्थलगत रुपमा विपद् व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताए ।

    विपद् व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको उनको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend