logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ८ महिनामा ३ लाख भित्रिए विदेशी पर्यटक

    ८ महिनामा ३ लाख भित्रिए विदेशी पर्यटक

    3.2K
    Shares

    काठमाडौं । कोरोना भाइरसको महामारीपछि सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र क्रमशः सुधार हुने क्रममा छ । सन् २०२२ को प्रारम्भबाटै आगमनमा सुधार देखिन थालेको हो । यो ८ औं महिना अगष्टमा समेत कायम रह्यो । अध्यागमन विभागका अनुसार अगष्ट २०२२ मा मात्र ४१ हजार ३०४ जना विदेशी नागरिक नेपाल आएका छन् ।

    यससँगै सन् २०२२ को जनवरीदेखि अगष्ट महिनासम्म कुल ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकले देखाएको छ । अगष्ट महिना नेपालमा वर्षायाम रहने सिजन हो । सोहीकारण सामान्यतया कम पर्यटक आउने महिना मानिन्छ । कोभिड महामारी अगाडि सन् २०१९ मा अगष्ट महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० मा ५८४ जना मात्र आउने वातावरण बन्यो ।

    सन् २०२१ को अगष्ट महिनामा भने ६ हजार ९३ जना पर्यटक नेपाल आएको तथ्यांक रहेको छ । पर्यटनमा सेप्टेम्बरबाट भने नयाँ सिजन मानिन्छ । यस सिजनका लागि पर्यटकको अग्रिम बुकिङले व्यवसायी उत्साहित समेत छन् ।

    भारतीय पर्यटकको संख्या उत्साहजनक
    कोभिड महामारीपछि भारतीय पर्यटकको आगमनमा उत्साह देखिएको छ । तथ्यांक अनुसार अगष्ट महिनामा मात्र १६ हजार १४७ भारतीय नेपाल आएका छन् । अघिल्लो महिना ९जुलाई०मा १७ हजार २९९ जना भारतीय पर्यटक आएका थिए ।

    अगष्टमा अमेरिकाबाट ४ हजार ६६ जना पर्यटक नेपाल आएका छन् । यो दोस्रो ठूलो संख्या हो । जुलाईमा अमेरिकाबाट ५ हजार २२८ जना पर्यटक नेपाल आएका थिए । बेलायतबाट अगष्टमा २ हजार ८२६, बंगलादेशबाट १ हजार ७५१ र चीनबाट १ हजार २८९ जना पर्यटक नेपाल आएको विभागको तथ्यांक छ ।

    अगष्ट महिनामा विदेशबाट ८० हजार ३५३ जना नेपाली नागरिक नेपाल आउँदा १ लाख ३० हजार ४८६ जना नेपाली विदेशिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend