logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हो : वामदेव गौतम

    नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हो : वामदेव गौतम

    15.5K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद प्रतिको अपमान हुने बताए ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश बेठिक नभएको समते जिकिर गरे । सदस्य गौतमले सुझावहरु ग्रहण गर्न योग्य रहेको बताए । यस विधेयकको सम्बन्धमा पुनःविचार गर्नुपर्ने उनको भनाई छ ।

    उनले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति असन्तुष्टि जनाए । यस विषयमा समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको समेत टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend