आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

२ वर्ष भित्र सबैको घरमा विद्युत जडान गछौँः पम्फा भुसाल

२ वर्ष भित्र सबैको घरमा विद्युत जडान गछौँः पम्फा भुसाल

sf7df8f}F, ! ;fpg . pmhf{, hn;|f]t tyf l;+rfO{dGqL kDkmf e';fn ;/sf/ u7g ePsf] Ps jif{ k'u]sf] cj;/df dGqfnon] ;Dkfbg u/]sf sfdx? af/]df /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu s'/fsfgL ug'{x'Fb} . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले २ वर्ष भित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताएकी हुन् ।

उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत खपत बढाउन सरकारले अभियाननै संचालन गरिरहेको उनको भनाई थियो ।

मन्त्री भुसालले भनिन्, ‘९५ प्रतिशत जनताको घरमा विद्युत जडान छ । ५ प्रतिशत घरमा हामीले २ वर्षमा जोडने कुरा गरेका छौं । त्यसैेले अव विद्युत जनताको एकढंगले मौलिक अधिकार हो । उज्यालो भविष्यका निम्ति सबैखाले ऊर्जामा जलविद्युत प्रयोग गरौं भन्ने हाम्रो अभियान हो । र, हामी यही अभियानलाई यथार्थमा बदल्ने र जनताले सजिलो भाषामा विद्युतको उपभोग, यसको महत्व अनि यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव अहिलेको व्यापार घाटालाई सन्तुलित गर्न सक्ने एउटा राम्रो सन्देश यसले दिएको छ । सबैमा विद्युत खपत गरौं भन्ने यसको सन्देश हो ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend