बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

२ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छः कुलमान घिसिङ

२ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुन्छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरे । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए । प्रबन्ध निर्देशक घिसिङले भने, ‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । भैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्व रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं ।’

प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend