logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसकै पार्टी नेतृत्वमा सरकार बन्छः गगन थापा

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसकै पार्टी नेतृत्वमा सरकार बन्छः गगन थापा

    6K
    Shares
    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसकै पार्टी नेतृत्वमा सरकार बन्छः गगन थापा

     

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाई थियो ।

    ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिन भित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे । महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए ।

    उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिन पछि निर्वाचनको तयारीमा जुट्दैछौं । अहिले त अव गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं । अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिन पछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’

    महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिन भित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई’ गठन गर्ने बताए । उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टी भित्र सो इकाईको आवश्यक्त रहेको पनि स्पष्ट पारे । महामन्त्री थापाले भने, ‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दैछौं –पार्टीमा एउटा डेडिकेटेट र परमानेन्ट इकाई बनाउने भनेर । जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई भनेर पार्टी भित्र राख्न खोज्दैछौं । जसले ५ वर्ष स्थानीय सरकारलाई सशक्त बनाउने र जनताको पक्षमा धेरैभन्दा धेरै काम गराउनेछ ।’

    महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढन आफ्नो पार्टीले काम गरिरहेको पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend