शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु

टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु

 

दाङ । दाङमा टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर –३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर–७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend