मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन सुवालको माग

निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन सुवालको माग

 

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए ।

उनले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए । सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरित रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताए । उनले चने – ‘निर्वाचन घोषणासँगै चुनावमा भाग नलिने तटस्थ सरकार आवश्यक छ । अहिलेसम्म सरकारहरुबाट निष्पक्ष चुनाव भएको अभिलेख छैन । त्यसकारण तटस्थ सरकार बनाउनुपर्छ निर्वाचनमा भाग नलिनेहरुको । र निर्वाचनको मिति घोषणा भइसकेपछि संसद बैठक सञ्चालन गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन हो । हामीले जनतालाई कसरी भन्ने ? अरु निकायहरुलाई के भन्ने ? तपाईहरुको संसद चलाएर सबथोक निर्णय गर्न मिल्ने अनि हामीले केही गर्न नपाउने के को आचारसंहिता भनेर संसदप्रति नै प्रश्न तेर्साउने सम्भावना छ । त्यसकारण यो संसद निर्वाचनको मिति घोषणा भइसकेपछि चलाउन नहुनेतर्फ पनि म यहाँ दोहो¥याउन चाहन्छु ।’

उनले तटस्थ सरकार बनाउने पहल गर्न अनुरोध गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend