logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • शेयरमा सामान्य सुधार, १ अर्ब ७ करोडको कारोबार

    शेयरमा सामान्य सुधार, १ अर्ब ७ करोडको कारोबार

    5.5K
    Shares

    काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा एकल अंकको सुधार भएको छ । आइतबार बजार परिसूचक नेप्से ६.६८ अंक ०.३४ प्रतिशत ले वृद्धि भएर १९७७.३० अंकमा बन्द भएको छ । नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा सुधार भएको छ ।

    नेप्से सुधारोन्मुख भएपनि कारोबार रकम भने १ अर्ब ७ करोडमा सीमित भएको छ । गत शुक्रबार दुई घण्टाको लागि मात्रै सञ्चालन हुँदा करिब ७० करोड र बिहीबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो ।

    तर, आइतबार नेप्सेमा २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजारको कारोबार र नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।

    आइतबार नेप्सेमा १८९ कम्पनीको सेयर किनबेच भएकोमा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । १३३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १५ कमपनीको भने स्थिर छ । आइतबार कारोबार भएकामध्ये रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ९.१८ प्रतिशत र जोशी हाइड्रोपावरको ८.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    यता सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २.८६ प्रतिशतले गिरावट हुँदा सोल्टी होटलको सेयर मूल्य १.९१ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend