बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेपाली कांग्रेसले गृहमन्त्री खाणको नाम रुपन्देही–३ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसले गृहमन्त्री खाणको नाम रुपन्देही–३ बाट सर्वसम्मत सिफारिस

बुटवल । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरिएको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौं बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।

क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेल सिफारिस भएपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाण रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend