logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित

    पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित

    7.2K
    Shares
    पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित

     

    काठमाडौं । एसिया कप क्रिकेटको शीर्ष चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ । आइतबार राति दुबईमा भएको खेलमा पाकिस्तानले भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जित निकालेको हो ।

    भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ रन, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाएर आउट भए।

    भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डयले रबि बोस्नोई र युजभेन्द्र चाहलले १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८र२८ रन बनाए ।

    पाकिस्तानका शादब खानले २ विकेट लिए । जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend