शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

प्रभु बैंकमा सेञ्चुरी बैंक गाभ्न नेपाल राष्ट्र बैंकको सहमति

प्रभु बैंकमा सेञ्चुरी बैंक गाभ्न नेपाल राष्ट्र बैंकको सहमति

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक गाभ्नका निम्ति सैद्धान्तिक सहमति दिएको छ । भदौ १५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सो सहमति दिएको हो।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच १ बराबर १ शेयरको स्वाप अनुपातमा एकआपसमा गाभिने सम्झौता गरेका छन् । हाल प्रभु बैंकको चुक्ता पँुजी १२ अर्ब ७० करोड रुपियाँ रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड रुपियाँ रहेको छ । मर्जरपछि चुक्ता पुँजी २२ अर्ब २६ करोड रुपियाँभन्दा बढी हुनेछ ।
सम्झौताअनुसार नयाँ बन्ने बैंकमा पनि प्रभु बैंकका सीईओ अशोक शेरचन नै सीईओ बन्ने छन् ।

डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् । अहिले प्रभु बैंकमा २३ सय कर्मचारी छन् भने सेञ्चुरीमा १२ सय कर्मचारी छन् । त्यस्तै, प्रभुको २१६ वटा र सेञ्चुरीको १२६ वटा शाखा छन् । सञ्चालक समितिमा अध्यक्षसहित ४ जना प्रभु बैंकबाट र ३ जना सेञ्चुरी बैंकबाट हुने छन्।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मसान्तसम्म मर्जर गरीे एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले छुट तथा सुविधा पाउने व्यवस्था गरेको छ। मंसिर मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रारम्भिक सहमति भएको छ । सेञ्चुरीले पुमरी प्रणाली चलाउँछ भने प्रभुले फिन्याकल चलाउँछ। जसले गर्दा प्रणाली मिलान गर्न समय लाग्ने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend