logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सफ्टवेरिकाको करियर काउन्सिलिङ र क्याप्चर द फ्लाग कार्यक्रम सम्पन्न

    सफ्टवेरिकाको करियर काउन्सिलिङ र क्याप्चर द फ्लाग कार्यक्रम सम्पन्न

    6.5K
    Shares
    सफ्टवेरिकाको करियर काउन्सिलिङ र क्याप्चर द फ्लाग कार्यक्रम सम्पन्न

     

    काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी तथा क्याप्चर द फ्लाग कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रमको पहिलो सेसनमा प्यानलिस्टका रूपमा कुमारी बैंकका एयमयल म्यानेजर किरण कुमार, नबिल बैंकका आइएसओ प्रवेश पौडेल, ई–सेवाका हेड अफ एसओसी अस्लम अली, सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजका इथिकल ह्याकिङ हेड अफ द डिपार्टका मनोज तामाङ र सिआइएसएका सेक्युरिटी इन्जिनियर थ्रेड सुयास नेपाल रहेका थिए ।

    कलेजका प्रमुख प्रमोद पौडेलले टेक्नोलोजीको क्षेत्रमा सफ्टवेरिका कलेजले विगत १२ वर्षदेखि काम गर्दै आइरहेको र अझै धेरै गर्नुपर्ने कामहरू रहेको बताए । साथै छिट्टै नयाँ कोर्षहरू सञ्चालन गर्दै टेक्नोलोजीलाई आफुहरू सँगसँगै अपडेट गराई अगाडि बढ्न आवश्यक रहेको उनले जानकारी दिए ।

    ुडाटा साइन्समा एमयससी तहको र कम्प्युटेसनल इन्टेलिजेन्स सम्बन्धि पठनपाठन सुरु गर्ने तयारीमा छौँ । सम्भवत छिट्टै सञ्चालनमा आउनेछ, उनले भने ।

    यस्तै, कार्यक्रमको दोस्रो सेसन च्याप्टर द फ्यागु प्रतियोगितामा १६ वटा टिमहरू सहभागी रहेका थिए । जसमा १२ वटा काठमाडौं भित्रका विभिन्न कलेजहरूका विद्यार्थीहरूको सहभागीता रहेको थियो । साथै पोखराबाट एक वटा टिम र तीन वटा सफ्टवेरिका कलेजका टिमहरू सहभागी भएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

    उक्त प्रतिस्पर्धामा सफ्टवेरिका कलेजका टिम भगवानु प्रथम भयो भने उनीहरूलाई पुरस्कार राशि वापत २५ हजार सहित प्रमाणपत्र वितरण गरिएको पौडेलले बताए ।

    सफ्टवेरिका कलेज विगत २०१० देखि आइटि तथा टेक्नोलोजीको क्षेत्रमा छुट्टै पहिचान बनाउदैँ आइरहेको छ । जसले कोभेन्ट्री विश्वविद्यालयको स्वामित्व प्राप्त गरी हाल १५ सय विद्यार्थीहरूलाई यस अन्तर्गतको शिक्षा दिँदै आइरहेको छ । बेलायतको कोभेन्ट्री विश्वविद्यालयसँगको डिग्री सहकार्यमा नेपालमा बिएससी अनर्स कम्युटिङ, बिएससी अनर्स इथिकल ह्याकिङ एण्ड साइवर सेक्युरिटी तथा एमएससी इन डेटा साइन्स एण्ड कम्पोटिस्नल इन्टेलिजेन्ट कोर्षहरू सञ्चालन गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend