शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

प्रभु बैंक लिमिटेड र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता

 

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी श्री मञ्जय राज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का तर्फबाट प्रमुख सञ्चालन अधिकारी श्री दिनेश मर्हजनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त संस्था बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.द्धारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुुने भन्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend