logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन सकिन्न, शिक्षामा हाम्रो जोड छः अध्यक्ष प्रचण्ड

    शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन सकिन्न, शिक्षामा हाम्रो जोड छः अध्यक्ष प्रचण्ड

    7.2K
    Shares
    शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन सकिन्न, शिक्षामा हाम्रो जोड छः अध्यक्ष प्रचण्ड

     

    महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए ।

    ‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैन, नेपालको उत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान गएको छ ।’

    समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले सोही अनुसारको शिक्षा जरुरी हुने अध्यक्ष प्रचण्डले बताए । ‘समाजवाद निर्माणको आधार भनेको उत्पादन बृद्धिको अभियान,श्रम प्रयोगको अभियान र सांस्कृतिक रुपान्तरण । समाजवाद यात्राको चेतना हाम्रो शिक्षाले दिन सक्नुपर्दछ’ प्रचण्डको जोड छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend