logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटनमन्त्रीलाई ‘लाईनमा बस्नु’ भन्दा कारबाहीमा परेका गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    पर्यटनमन्त्रीलाई ‘लाईनमा बस्नु’ भन्दा कारबाहीमा परेका गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    18.5K
    Shares

    काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न भनेके कारण कारबाहीमा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend