logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सूर्य थापा प्यूठानबाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस

    सूर्य थापा प्यूठानबाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस

    8.6K
    Shares
    सूर्य थापा प्यूठानबाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस

    काठमाडौं । नेकपा (एमाले) प्यूठानले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सूर्य थापाको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

    थापा प्यूठानबाट पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् ।

    सोमबार पार्टी कार्यालय विजुवारमा बसेको जिल्ला कमिटीको बैठकले थापालाई सर्वसम्मत सिफारिस गरेको हो ।

    प्रतिनिधिसभा सदस्यका लागि प्यूठानमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।

    सोमबारको बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम सर्वसम्मत रूपमा टुंगो लगाएको छ ।

    प्रदेश (क) मा पार्टीका निवर्तमान अध्यक्ष तुल्सीराम शर्मा र प्रदेश (ख) मा केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि रिजाल सिफारिस भएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend