बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

आजबाट महिला साफ, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

आजबाट महिला साफ, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं । घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।

नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend