logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैनः मन्त्री कार्की

    देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैनः मन्त्री कार्की

    12.5K
    Shares

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन् । मंगलवार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् । नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै निर्वाचनमा अहिलेको गठबन्धन कायम रहनेमा शंका नरहेको बताए ।

    उनले गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए । मन्त्री कार्कीले गठबन्धन भित्र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend