सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

 

तानसेन । पाल्पामा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। तानसेन नगरपालिका– १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका-३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए।

तानसेन नगरपालिका–४ मा झविन्द्र देवकोटाको घर निर्माणको क्रममा अचानक करेन्ट लागी घाइते अवस्थामा रहेका राईको तानसेन मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend