logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

    अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

    4.7K
    Shares
    अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

    काठमाडौं । सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि राष्ट्रिय नीति बनाउने तयारी गरेको छ । अतुल्य फाउण्डेशनले मंगलवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।

    उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए । उनले समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीबाट निस्किएको निस्कर्षलाई पनि समेटेर राष्ट्रिय नीतिमा समावेश गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । सचिव शर्माले विपद्जन्य जोखिमको समस्यामा सबैभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु पर्ने गरेको उल्लेख गर्दै उनीहरुलाई लक्षित गरेर नीति बनाउन लागेको बताए । उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको क्षेत्रमा समन्वय, सहकार्य गरी आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हक, हीत, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गर्ने बताए ।

    उनले योजना, तर्जुमा प्रभावकारी कार्यान्वयन गर्ने र असल नतिजा दिनेतर्फ पनि मन्त्रालय सचेत रहेको बताए ।

    उनले भने, ‘२०१५ को जुन हाम्रो भूकम्प छ र कोभिडले हामीलाई धेरै कुरा सिकाएको छ । खास गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै आपतविपद् आइप¥यो । त्यसले हामीलाई हाम्रा नीति, योजना, कार्यक्रम, तर्जुमा र कार्यान्वयन, अनुगमन र मूल्यांकनमा पनि धेरै कुरा परिमार्जन र परिष्कृत गर्नुपर्छ भन्नेकुरा सिकाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउँदैछौँ । त्यसमा एक लेभलको डिस्कशन त भइराखेको छ । मलाई के विश्वास छ भने यो दुई दिनको छलफलले पनि निकालेको निस्कर्ष मन्त्रालयले पायो भने राष्ट्रिय नीतिमा समावेश भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग विकासको समन्वय, सहकार्य गरेर आगामी दिनमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको हीत, हक, अधिकारको कार्यान्वयन र असल जीवन प्रणालीको विकासका लागि सहकार्य गरेर कार्यक्रम तय गर्ने, नीति योजनातर्जुमा गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने र सँगै असल नतिजा दिनेतर्फ पनि हामी लाग्नेछौँ ।’

    कार्यक्रममा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी जानकारीमुलक हातेपुस्तिका पनि विमोचन भएको छ । पुस्तक नेपाली, अंग्रेजी र बेल संस्करणमा विमोचन भएको हो । पुस्तक विमोचनपछि अतुल्य फाण्डेशनका अध्यक्ष पल्लभ पन्तले सरकारले अपनत्व ग्रहण गरेकोप्रति स्वामित्व लिएकोमा खुशी प्रकट गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend