
काठमाडौं । सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।
उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको छ। बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय लम्बिनेछ। कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ। आवेदकले मेरो सेयर वेबसाइट तथा एपका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend